‘फिल्म नखेलेपनि हाम्रो सम्बन्ध उस्तै’ : धुर्मुस
फिल्म ‘६क्का पन्जा’मा नदेखिने भएपछि हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कलाकार जोडी दीपकराज गिरी र दीपाश्री निरौलाविच सम्बन्धमा दरार आएको हावा फिल्म बजारमा चलिरहेको बेला सितारामले फेसबुकमार्फत क्लियरिफिकेसन दिएका छन् ।
सितारामले ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ मा खेलेपनि तेश्रो फिल्ममा नखेल्ने निर्णय गरिसकेका छन् । जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरेले खेल्दा सिताराम अलग हुनुले बजारमा यो समुहको बारेमा चिसो युद्ध भन्ने हल्ला खुबै चलेको थियो ।
तर, सितारामले समय व्यस्तताका कारण आफूले ‘६क्का पन्जा’देखि स्टेज शोमा समेत दीपक र दीपासँग एकसाथ काम गर्न नपाएको बताएका छन् । उनले आफूहरुको सम्बन्ध सुमधुर रहेको जिकिर समेत गरेका छन् । चैत्र ८ गतेबाट छायांकनमा जाने यो फिल्ममा आफ्नो लगानी समेत रहने सितारामको भनाई छ ।
For More videos Log on to Mazzako TV