अमेरिकाबाट फर्किएको करिब २ बर्षपछि अभिनेता रमेश उप्रेतीले आफ्नो प्रोडक्शनमा फिल्म बनाउने तयारी थालेका छन् । लामो समयको गहृकार्यपछि उनले फिल्म बनाउने पक्का गरेका हुन् । चलचित्र विकास बोर्डमा दर्ता भएको उनको फिल्मको नाम ‘ऐश्वर्या’ राखिएको छ ।Rames Uprety

यो फिल्मका लागि अभिनेत्री केकी अधिकारी पनि पक्का भैसकेकी छिन् । तर, केकी फिल्मको शिर्ष पात्र भने होइनन् । पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई नवल नेपालले निर्देशन गर्ने पक्का भएको हो । निर्देशक नेपालले नाम दर्ता भएसँगै औपचारिक रुपमा फिल्म बन्न लागेको बताए ।

Keki Adhikari Bagmati Film

वैशाखको पहिलो हप्तादेखि फिल्मको छायांकन सुरु हुनेछ । पारिवारिक र नारीका बिषयमा फिल्म बनाउन नवल सिपालु मानिन्छन् फिल्ममा रमेश उप्रेती र केकीले काम गर्ने पक्का भएपनि एक अभिनेत्रीको खोजी जारी छ ।

For More videos Log on to Mazzako TV