अर्चना पनेरु अब ‘योवना’ बन्ने, परिवर्तन भयो ‘जिस्म’
आफूलाई स्वघोषित रुपमै पोर्न स्टार बताएकी अर्चना पनेरुलाई लिएर निर्देशक राजु गिरीले नयाँ फिल्म बनाउँदैछन् ।
यो फिल्मको नाम जिस्म राखिएको राजुले केही समय अगाडि जानकारी दिएका थिए । तर, चलचित्र विकास बोर्डमा आज दर्ता गरिए अनुसार अब फिल्मको नाम ‘जिस्म’ नभएर ‘योवना’ राखिएको छ ।
‘जिस्म’ हिन्दी फिल्मको नाम भएको भनेर धेरैबाट गुनासो आएपछि आफूले नाम परिवर्तन गरेको राजुले जानकारी दिएका छन् । फिल्मको छायांकन शुक्रबारबाट सुरु हुनेछ । फिल्मका लागि अर्चना पनेरुलाई ४ लाख पारिश्रमिक दिएको राजुको दाबी छ ।
अर्चनाले पनि फिल्ममा निर्देशकले मागेजती दृश्य दिने बताइसकेकी छिन् ।
For More videos Log on to Mazzako TV