फिल्म ड्रिम्सकी मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई सुरुवातमा अभिनेता अनमोल केसीसँग रोमान्स गर्न गाह्रो भएको थियो । सुरुमा अनमोलसँग खासै नजिक भएकाले पनि आफूलाई रोमान्स गर्न गाह्रो भएको  उनको भनाई छ ।Anmol and Samragiye
मज्जाको अनलाइनसँग कुरा गर्दै उनले अनमोलको प्रशंसा पनि गरिन् । अनमोल एकछिनमै रुने र एकछिनमै हाँस्ने अभिनयका कारण आफूलाई कहिलेकाही डाहा लाग्ने उनको भनाई छ ।

अनमोल जस्तै अभिनय गर्नका लागि आफू पनि लागिपरेको उनले बताइन् । अनमोलमा देखिएको यूवती फ्यान क्रेज देखेर कहिलेकाही आफूलाई डाहा लागेको उनले सुनाइन् । आफू र अनमोलविच कहिले पनि प्रेम नहुने उनले बताइन् । अनमोल र आफू मिल्ने साथी मात्र भएको साम्राज्ञीको भनाई छ । फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्मबाट आफू अत्यन्त आशावादी र उत्साहित पनि भएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV