१८ बर्ष अगाडि करिब एक करोड बजेटमा स्थापना भएको नारायणगढको इन्द्रदेव हललाई पून निर्माण गरिएको छ । ७९५ सिट क्षमताको यो हलमा अब एकैपटक ८३२ दर्शकले फिल्म हेर्न सक्छन् । यदि, एक शो हाउसफुल भयो भने यो हलबाट करिब १ लाख ८० हजार ग्रस कलेक्शन हुने देखिएको छ ।

Indra dev

असोज ४ गतेबाट प्रदर्शन रोकेर हल निर्माण थालिएको थियो । फागून २१ गते फिल्म ‘ड्रिम्स’ले हलको उद्घाटन गर्नेछ । पोल्टिनियमको टिकट मुल्य २५० तोकिएको छ, जसमा ३१७ सिट क्षमता छ भने गोल्डको टिकट मुल्य २०० तोकिएको छ जसमा ५१७ सिट क्षमता छ ।
हलमा अब पूर्ण एयर कन्डिशन, आधुनिक डीजिटल मेशिन टू के ट्वान्टी बारको प्रोजेक्टरबाट चलचित्र प्रदर्शन, थ्रीडी चलचित्र पनि हेर्न मिल्ने बनाइएको छ ।

Indra dev 1
इन्द्रदेव हल अत्याधुनिक भएपछि चितवनको मुटु मानिने नारायणगढमा ३ वटा अत्याधुनिक प्रविधी सहितका हल संचालनमा आएका छन् । अहिले नारायणगढमा ४ वटा हल छन् ।

For More videos Log on to Mazzako TV