५० प्रतिशतलाई मन परेन माल्भिकाले पेट देखाएको (भिडियो सहित)
पूर्व मिस नेपाल माल्भिका सुब्बालाई लाग्छ, ५० प्रतिशत मानिसलाई उनले पेट देखाएर हिडेको मन परेको छैन । माल्भिका अहिले गर्भवती छिन् । गर्भवती भएपनि उनले आफ्नो बढ्दै गरेको पेटको तस्बिरलाई फेसबुकमा पोष्ट गरिरहेकी हुन्छिन् । यती मात्र होइन, उनले सार्वजनिक कार्यक्रममा पनि राम्रै उपस्थिती जनाइरहेकी छिन् ।
तर, माल्भिकालाई विशेषगरि, फेसबुकमा पेट देखाएर हालेको तस्बिरमा आलोचना बढी भैरहेको छ । नेपाली समाजमा यसरी पेट देखाएर खुला रुपमा हिडेको धेरैलाई नपच्ने उनको भनाई छ । तर, जब बच्चाले लात्ती हान्छ अनी आनन्द आउने माल्भिका सुनाउछिन् । उनका अनुसार यस्तो कुराको भोगाई एक आमाले मात्र गर्न सक्छिन् ।
वैशाख १७ गते आफूले बच्चालाई जन्म दिने माल्भिकाले बताइसकेकी छिन् ।