बारम्बार प्रदर्शन मिति तोकिएको फिल्म ‘आवेग’को अन्तत चैत्र १२ गते फेरि प्रदर्शन मिति तोकियो । फिल्मको प्रदर्शन मिति तोक्दै कार्यक्रम नै राखेर गीत, ट्रेलर पनि सार्वजनिक गरियो ।

aabeg-nepali-movie

तर, यसपछि फेरि यसका निर्माता, निर्देशक सुस्ताएका छन् । फिल्मका लागि यसका मुख्य अभिनेता आर्यन सिग्देल नै मौन छन् । उनले आफै निर्माण गरेको फिल्म ‘क्लासिक’ले राम्रो व्यापार गरेपछि उनी फुरुङ् परेका छन् । फिल्मकी अभिनेत्री अर्चना डेलाला पनि अष्ट्रेलियाबाट नेपाल आएकी छिन् । तर, यसका निर्माता, कलाकार, निर्देशक एक अर्काको सम्पर्कमा नै छैनन् ।

फिल्म चल्न अब एक महिना पनि बाँकी नरहेको समयमा निर्देशक बसन्त निरौला पनि चुप छन् । फिल्मका प्रस्तुतकर्ता सूर्य कार्कीले पनि प्रचारका लागि कुनै तारतम्मे मिलाएका छैनन् । निर्माता र निर्देशक नै सम्पर्कमा नभएको वुझिएको छ ।

फिल्म ‘मेरो जीवन साथी’ छ बाट डुबेका कार्की यसबाट उकासिने सोचमा छन् । तर, ताप्के नताती बीड मात्र तातेर कार्की कसरी उकासिएलान् र ?

For More videos Log on to Mazzako TV