‘रामप्यारी’ रेखा थापा महिला भलिबलको ‘गुडविल एम्वेसडर’ का रुपमा नियुक्ती भएकी छन् । बाँके जिल्ला भलिबल संघले सोमबार राजधानीमा औपचारिक कार्यक्रम गर्दै नायिका थापालाई प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल दुतको रुपमा नियुक्त गरेको हो । ‘म पनि खेल प्रेमी हुँ, महिला भलिबल टोलीमा दुतको रुपमा नियुक्त हुंन पाउँदा ज्यादै खुसी छु’, नायिका थापाले खुशी हुदै भनिन्, ‘आफुले सक्ने सहयोग गर्नेछु ।’

rekha-thapa1

यता बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले नायिका थापाको संलग्नताले यस महिला भलिबल कपले थप उचाई लिने विश्वास व्यक्त गरे । दुई संस्करण पुरा भैसकेको प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको आगामी संस्करण भने बाँकेमा आयोजना हुनेछ ।

भलिबलको ‘गुडविल एम्वेसडर’को रुपमा नियुक्त भएकी नायिका थापाको चलचित्र ‘राम प्यारी’ चैत्र २६ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउदैछ । ‘राम प्यारी’मा यसपाली पनि उनले महिला शसक्तिकरणको कथा उठान गरेको बताएकी छिन् । चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।

For More videos Log on to Mazzako TV