हलिउड चर्चित अभिनेता लियोनार्दो डिक्याप्रियोले आफ्नो करिअरमा थुप्रै सफल फिल्म खेलिसकेका छन् । तर, उनलाई सधै नै एउटा कुराले झस्काइरहेको थियो, त्यो हो विश्व प्रतिष्ठित अस्कर अवार्ड ।

Leonardo Dicaprio won oscar

तर, यी अभिनेतालाई अस्कर अवार्ड पाउनका लागि लामै समय कुर्नुपर्यो । अस्कर अवार्डको ८८ औ सिजनमा बल्ल उनको हातमा यो अवार्ड आइपुगेको छ । पहिलो पटक अस्कर अवार्ड जितेका लियोनार्दो खुशी देखिए ।

उनले फिल्म ‘द रिभेनान्ट’बाट अस्कर अवार्ड पाएका हुन् । उनले यो फिल्ममा गरेको कामको प्रशंसा अहिले विश्वभर नै भैरहेको छ । यही फिल्मले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीको अवार्ड भने फिल्म द रुमबाट ब्री लासनले जितिन् ।

For More videos Log on to Mazzako TV