करिब तीन महिना भयो बलिउड अभिनेत्री प्रियङ्का चोपडा र अमेरिकी गायक निक जोनसले भारतमा धूमधामसँग विवाह गरेको । उनिहरुको विवाहको जताततै चर्चा भएको थियो । तर केहि दिन देखी उनिहरुको डिभोर्स हुने चर्चाले माहोल तातेको छ । अमेरिकाको ओके म्यागेजिनले प्रियङ्का र निक एकअर्कामा खुसी नरहेको र उनिहरुले डिभोर्सको लागी अगाडी बढेको बताइएको छ ।

उक्त म्यागेजिनका अनुसार करिब १ वर्षको प्रेमसम्बन्धपछि विवाहमा बाँधिएका यो जोडीको सम्बन्ध केहि समय ठिकै भए पनि बिस्तारै चिसिदै गएको बुझिएको छ । उनिहरु आजकल सानो सानो कुरामा झगडा गर्छन् । प्रियंकाले निक माथी आफ्नो शासन लागाउन थाले पछी उनिहरु बिच दुरी आएको हो । विवाह नहुँदा सम्म शान्त प्रियन्का अहिले निकै एरोगेन्ट भएको हुनाले निक निकै तनाबमा छन्। यस्तो अवस्था आएपछि निकको परिवारले पनि डिभोर्सको लागी सल्लाह दिएको भनेर् उक्त पत्रिकामा लेखिएको छ ।

For More videos Log on to Mazzako TV