फिल्मले होइन, बरु कन्डमको विज्ञापनले चर्चा दिएको थियो सुष्मालाई
तपाइले फिल्म ‘खुर्पा’ हेर्नुभयो भने, यो फिल्ममा अभिनेत्री सुष्मा अधिकारी पनि छिन् । तर, सुष्माको नाम न फिल्मको प्रमोशनमा नै अगाडि आयो न त दर्शकले नै ख्याल राखे ।
फिल्म ‘खुर्पा’ चल्यो, निर्मातालाई कती रकम आउँछ, त्यो केही दिनमै थाहा हुनेछ । तर, फिल्मको पर्दामा देखिएकी सुष्मालाई कुनै अर्थ राखेन।
‘खुर्पा’ मात्र होइन, फिल्म क्षेत्रमा केही बर्षयता नाम कमाउन लागिरहेकी सुष्माको चर्चा गुमनाम छ । केही लोकगीत र केही म्यूजिक भिडियो खेल्नु बाहेक यीनले खासै संझनलायक उपलब्धी हासिल गरिनन् ।
यिनले फेसबुकमा हाल्ने तस्बिरमा राम्रै कमेन्ट र लाइक आउँछ । सुष्माको पेजमा लाइक गर्नेको संख्या ५० हजार पुग्न लागिसक्यो । तर, यिनलाई फिल्म, म्यूजिक भिडियो भन्दा एउटा कन्डमको विज्ञापनले चर्चा दिएको थियो ।
For More videos Log on to Mazzako TV