के फागुन २१ गते प्रदर्शन हुने २ फिल्म मध्ये अभिनेता आमेष भण्डारी र अभिनेत्री नीता ढुंगानाको फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’लाई कम सोचिएकै हो । अभिनेता भण्डारीले आफूहरुलाई कमजोर नसोच्न फेसबुक मार्फत चेतावनी नै दिएको छन् ।
aamesh-statusआफू स्टार नभएपनि सामान्य मान्छेको शक्तिलाई कमजोर नसोच्न उनले लेखेका छन् । उनले अभिनेता अनमोल केसीलाई स्टार भन्न खोजेका छन् ।

अभिनेता अनमोल केसीको चर्चा बजारमा धेरै भएपछि आमेषले फेसबुकबाट एउटा सामान्य मानिसको शक्तिलाई कमजोर नसोच्न चेतावनी दिएका छन् ।

उनले आफू सामान्य मानिस भएको भन्दै कुनै स्टार नभएको पनि लेखेका छन् ।

अनमोल केसीले अभिनय गरेको र भूवन केसीले निर्देशन गरेको फिल्म ड्रिम्स पनि फागुन २१ मै आउने भएपछि अहिले यी दुई फिल्मका निर्माता-निर्देशकविच वाकयुद्ध नै छेडिएको छ ।

For More videos Log on to Mazzako TV