के प्रियंकालाई पनि आमा बन्ने रहर लागेको हो ?
अभिनेत्री प्रियंका कार्कीले अमेरिकामा पुगेर पनि पतिलाई डिभोर्स दिएर नेपाल आइन् । नेपाल आएपछि उनी फिल्ममा व्यस्त छिन् । अभिनेत्री अहिले चर्चाको शिखरमा छिन् ।
उनै अभिनेत्रीले आफूले अभिनय गरेको फिल्म ‘हाउ फन्नी’को एक कार्यक्रममा फिल्मकी कार्यकारी निर्मात्री माल्भिका सुब्बाको पेटमा चुम्बन गरिन् । माल्भिका गर्भवती छिन् । उनको पेटमा हुर्कदै गरेको बच्चाको वैशाख १७ गते यो धर्तीमा आगमन हुनेछ ।
माल्भिका र प्रियंका एकसाथ बसेका थिए । यो तस्बिर कैद गर्नका लागि फोटोग्राफरहरु जम्मा भए । प्रियंका पनि के कम, उनले माल्भिकाको पेटमा चुम्बन गरिन् र हुर्कदै गरेको बच्चाप्रति माया दर्साइन् ।
प्रियंकाको यो बच्चा प्रेमले कतै उनलाई पनि आमा बन्ने रहर लागेको त होइन भन्ने अड्कल काट्न सकिन्छ । किनकी, प्रियंकाले बिहे गरेर यो चाहना अधुरै छाडेर पतिसँग अलग बस्ने निर्णय गरिन् । तर, पनि उनको मनमा आमा बन्ने चाहना अब बढेको छ भन्ने धेरैले अड्कल काँटे । जे भएनी प्रियंकाको बच्चा प्रेम गजबकै थियो ।
For More videos Log on to Mazzako TV