सन् २००९ को मिस नेपाल बन्न सफल जेनिशा मोक्तानले आफ्ना प्रेमी दिकेश मल्होत्रासँग  बिहे गरेकी छिन् । उनी र दिकेशले आज काठमाण्डौमा बिहे गरेका हुन् । बिहेको सामारोह आइतबारबाट सुरु भएको थियो ।
dikesh-and-jenisha
शुक्रबार मुख्य बिहे हो भने शनिबार पार्टीको आयोजना काठमाण्डौको पाँच तारे होटलमा राखिएको छ ।

विगत साढे ५ बर्षदेखि जेनिशा र दिकेश प्रेममा थिए । जसलाई उनीहरुले आजबाट बैबाहिक जीवनमा परिणित गर्न लागेका हुन् । जेनिशा र दिकेशको बिहेमा आफन्त, साथीभाइलाई मात्र निम्तो गरिएको छ ।

पार्टीमा भने व्यवसायिक घराना, आफन्त, मिस नेपालहरुका साथमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहलाई निम्तो गरिएको छ ।

दिकेश युवा व्यवासायी हुन् भने जेनिशाले पनि प्रेममा परेपछि उनलाई नै साथ दिदै आएकी थिइन् ।

For More videos Log on to Mazzako TV