ओलीले हसाँए बलिउड कलाकारहरुलाई
नेपाल फर्कनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले वुधबार बलिउड कलाकारहरुसँग छलफल गरेका छन् । ६ दिने भ्रमण सकेर आज नेपाल फर्किएका ओलीले मुम्बइमा कलाकारहरुसँग भेटघाट गरेका हुन् । उनले हाइ टी भेटघाट गर्दै नेपालमा फिल्म छायांकन गर्न आउन आग्रह गरे ।
अभिनेत्री मनिषा कोइरालाले मुम्बइको होटल हायातमा भेटघाट राखेकी थिइन् । बलिउड अभिनेत्री तब्बु, जितेन्द्र, शक्ति कपुर, गोविन्दा, सुनिल थापा सहभागी थिए। प्रधानमन्त्रीले फोटोसेसन गर्दै कलाकारहरुलाई हसाँएका थिए ।
उनको रमाइलो अभिव्यक्तिमा बलिउड कलाकार पनि रमाएका थिए । ओलीले मनिषालाई ‘के छ मनिषा जी’ भन्दै ‘नेपाल कहिले आउने’ भनेर सोधेका थिए । ओलीले फिल्म छायांकनका लागि र घुम्नका लागि सुन्दर तथा सुरक्षित ठाउँ भन्दै कलाकारलाई नेपाल आउन आग्रह गरेका थिए । उनले नेपालका खास क्षेत्रलाई सरकारले फिल्म नगरिको रुपमा विकास गर्ने बताए ।
For More videos Log on to Mazzako TV