छविलाई कसैले नराम्रो भनेको मनपर्दैन रेखालाई
अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको सम्बन्ध त अब अभिनेत्री र निर्माताको मात्र छ । छवि र रेखा अलग बस्न थालेको पनि केही बर्ष भैसकेको छ । तर, जती टाढा उती माया गाढा भनेजस्तै हुन थालेको छ छवि र रेखालाई । केही दिन अगाडि जय नेपाल हलमा यी दुइले अंकमाल गरेर माया देखाइसकेका छन् ।
उनै छविलाई कसैले नराम्रो भनेको रेखालाई मन पर्दैन । छवि ओझाको फिल्म र उनको निर्माण शैलीको बिषयमा टिकाटिप्पणी भएपछि रेखाले एक टेलिभिजनमा दिएको अन्र्तवार्तामा घुमाउरो शैलीमा त्यसको आलोचना गरिन् ।
उनले छवि ओझाले नेपाली फिल्मका लागि धेरै ठूलो योगदान गरेको भन्दै उनको फिल्मको बिषयमा भर्खरै आउँदै गरेका मेकरले औला उठान नमिल्ने बताइन् । रेखा छविलाई अरुले गाली गरेको मन पर्दैन भन्छिन् । रेखाकै लागि छविले आफूले सधै फिल्म रिलिज गर्दै आएको चैत्रको अन्तिम साताको डेट छोडिदिएका थिए ।
For More videos Log on to Mazzako TV