करिअरकै सुरुवातमा लगातार ३ वटा हिट फिल्म दिएर ह्याट्रिक गर्ने अभिनेत्री शिल्पा पोख्रेलको चाहना के पुरा भयो त ? फिल्म लज्जा र हवल्दार सुन्तली हिट भएपनि तेश्रो फिल्म फागुले शिल्पालाई ह्याट्रिक गर्न दिएन ।Shilpa pokhrel

अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको यो फिल्मले शनिबार राम्रै व्यापार गरेपनि अरु दिनमा औषतमै चित्त वुझायो । यसैले पनि यो फिल्मको व्यापारलाई हेर्दा शिल्पाको ह्याट्रिक गर्ने चाहना अपुरै रहेको छ ।

मधेस मुलकी महिलाको भूमिकामा देखिएकी अभिनेत्री पोख्रेलको कामको चर्चा पनि यसपटक हुन पाएन । शिल्पाले फिल्म प्रदर्शनको अन्तिम एक सातामात्र प्रचारमा साथ दिएकी थिइन् । यो बर्ष शिल्पा अभिनित यही एउटा फिल्म मात्र रिलिज भयो । छविराज ओझाको व्यानरमा शिल्पाले अभिनय गरेको फिल्म किस्मत २ यो बर्ष रिलिज नहुने भएकाले उनका लागि यो बर्ष अपेक्षित रहेन ।

For More videos Log on to Mazzako TV