नयाँ निर्माता कृष्ण पोख्रेलको लगानीमा बनेको फिल्म च्याम्पिएनको प्रदर्शन मिति रोकिएको छ । फिल्मको बिषयमा विकास बोर्डमा उजुरी परेपछि सेन्सर पास गर्न नसकिएको हो । जसकाकारण फिल्म फागुन १४ गते प्रदर्शनमा आउन नसकेको हो ।
Champion ad Mazzakoonline
वीवी फुयाँलले निर्देशन गरेको यो फिल्ममा दीकपाल कार्की र मन्जिता केसी मुख्य भूमिकामा छन् । फिल्मले क्रिकेटको कथालाई उठाएको छ । फिल्मका लागि मुख्य कलाकारमा सुरुवातमा उद्धव नेपाललाई अनुवन्धित गरिएपनि पछि दीकपाल कार्कीलाई लिने निर्णय निर्माता र निर्देशकले गरेका थिए ।

उनै उद्धवले विकास बोर्डमा आफ्नो मानहानीको मुद्दा हालेपछि फिल्म सेन्सर रोकिएको हो । बोर्डले यो मामला दुइ जनाविचमै सल्टाउने भनेको छ । उद्धव भने आफूलाई मानहानीको क्षतीपुर्ती चाहिने भन्दै बसेका छन् ।

बोर्डले अनुमती नदिएसम्म फिल्मको सेन्सर हुँदैन । यसैले प्रदर्शनको ३ दिन बाँकी रहँदासम्म लफडा नसकिएपछि फिल्म सारिएको हो ।

For More videos Log on to Mazzako TV