किन यति धेरै उछितो काँड्दैछन् दीनेश अनमोलको ?
मानिसको सफलतासागै उ धेरैको तारो पनि बन्छ । झन्, एकैदिन फिल्म जुध्ने मेकर परे भने त के चाहियो र ? अहिले अभिनेता अनमोल केसीका लागि निर्देशक दीनेश डीसी यस्तै एक फिल्मीकर्मी बनेका छन्, जो उनको लुक्सको खण्डन गर्न लागिपरेका छन् । अभिनेता अनमोल केसीको लुक्सकै कारण हजारौ दर्शक हलमा आउँछन् ।
अनमोलको लुक्सको अगाडि उनको अभिनय छायाँमा परेको पक्कै हो । तर, निर्देशक डीसी भने एकदमै व्यङग्यात्मक शैलीमा अनमोलको आलोचना गर्न लागिपरेका छन् । अभिनेता भूवन केसीका एक छोरा छन्, जो ह्यान्डसम छन् तर उनको अभिनय छैन भन्दै डीसीले उनको उछितो काँडे ।
डीसीले आफ्नो फिल्मको बारेमा जती बोलो त्यो भन्दा बढी अनमोलको लुक्सको आलोचनात्मक प्रशंसा गरे । अनमोलले अभिनयमा सुधार नगरेको खण्डमा उनको अनुहारले लामो समयसम्म काम नगर्ने जस्ता कुरा गरे डीसीले ।
आफ्नो फिल्मको कार्यक्रममा अर्को फिल्मका अभिनेताको यती साह्रो कुरा काट्नु के राम्रो कुरा होला र ? आफ्नो फिल्म फूलै फूलको मौसम तिमीलाइका अभिनेता आमेष भण्डारीको अभिनय अनमोलको भन्दा राम्रो भएको दाबी समेत डीसीको थियो ।
आफ्नो फिल्म राम्रो भन्न सकिन्छ । तर, अर्काको फिल्म र कलाकारको कुरा काट्दा फाइदा कसलाई होला ? नेपाली फिल्म बलिउड र हलिउडबाट होइन, अब आफ्नै फिल्मीकर्मीका कारण चुनौतीमा छ । डीसीको कुराले यस्तै देखायो ।
For More videos Log on to Mazzako TV