‘भाग् सानी भाग्’ शिर्ष गीतमा चुलबुले केकी
चैत्र ५ गतेबाट रिलिज हुने फिल्म ‘भाग् सानी भाग’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चेतन सापकोटाले संगीत भरेको गीतमा दीपक लिम्बु र स्मिता दाहालको आवाज छ ।
गीतमा फिल्मका मुख्य कलाकार सविन श्रेष्ठ र केकी अधिकारी छन् । गीतमा केकी अधिकारी चुलबुले देखिएकी छिन् भने सविन केही गम्भिर देखिएका छन् । नवल नेपालले निर्देशन गरेको यो फिल्ममा कमेडीको भरपुर प्रयोग गरिएको छ ।
अभिनेत्री केकी अधिकारी, निर्माता सहदेव गौतम, निर्देशक नवल नेपाल, अभिनेता सविन श्रेष्ठको टोली फिल्म प्रमोशनका लागि पोखरातर्फ लागेका छन् । उनीहरुले फिल्मको बिषयवस्तुमा केकी पश्चिमकी यूवती भएकाले पनि पोखराबाट प्रमोशन सुरु गर्न लागेको बताए ।