Breaking: ‘हँसिया २’ का लागि बेनिशाको यस्तो तयारी
हँसियाको सिक्वेल बनाउनका लागि निर्देशक मिलन चाम्स कस्सिएका छन् । उनले हँसिया २ मा अभिनेत्री बेनिशा हमाललाई मुख्य अभिनेत्रीको रुपमा छानेका छन् ।
यसैले पनि अहिले बेनिशाको दैनिकी जीमा वित्न थालेको छ । हुनत, वेनिशा र निर्देशक मिलन चाम्स अहिले नै यो कुरा सार्वजनिक होस् भन्ने चाहदैनन् । तर, वेनिशाले फेसबुकमा अभिनेता अनुप विक्रम शाहीसँग एउटा फोटो पोष्ट गरेकी छिन् जसमा यी दुइले जीममा समय बिताइरहेका छन् ।
सविर श्रेष्ठको फिल्ममा अभिनेता निखिल उप्रेतीसँग देखिन लागेकी वेनिशाले यसपछि द्धन्द्धप्रधान फिल्म हासिया २ गर्ने श्रोतको भनाई छ ।
वेनिशाले मार्सल आर्टदेखि द्धन्द्धका विभिन्न सिक्वेन्स सिकिसकेकी छिन् । वेनिशा अहिले यही फिल्मका लागि आफ्नो शरीर पनि घटाइरहेकी छिन् ।
For More videos Log on to Mazzako TV