महानायक राजेश हमाल महिला पात्र बनेर अभिनय गरेको चलचित्र ‘शकुन्तला’को फष्टलुक पोष्टर रिलिज गरिएको छ । हमाललाई शोलो फिचर गरिएको चलचित्रको पोष्टरमा ‘शकुन्तला’ बनेका महानायकको एक्सन अवतारलाई देखाईएको छ । दिनेश श्रेष्ठको लेखन तथा निर्देशिनमा बनेको सिनेमा ‘शकुन्तला’मा हमालको गेटअपको निकै चर्चा भईरहेको छ ।

Sakuntala 2

सिनेमामा राजेशका अलावा अनु शाह, किशोर खतिवडा, विन्द्र बस्नेत, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ ।

श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको यस सिनेमामा नायिका अनु रिपोर्टरको भुमिकामा देखा परेकी छिन् । सस्पेन्स कथाबस्तु भएको यो सिनेमामा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ । यो सिनेमा आगामी जेठ १४ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउनेछ ।

राजेश हमाललाई ३ घण्टामा यसरी बनाईन्थ्यो ‘शकुन्तला’ । हेर्नुस भिडियो ।

For More videos Log on to Mazzako TV