मोडल तथा अभिनेत्री नम्रता सापकोटा अब आइटमले चल्ने कोणबाट अगाडि बढेकी छिन् । फिल्म शकुन्तलामा उनले गरेको आइटम र उनको शैलीलाई हेर्ने हो भने यस्तै भन्न कर लाग्छ । namrata-sapkota
दिनेश श्रेष्ठको निर्देशनमा बनेको यो फिल्मको कोही छ भन्ने गीतमा नम्रताले उत्तेजक आइटम गरेकी छिन् । जसको तस्बिरले पनि उनको खुलाइलाई देखाउछ ।

राजेश हमाललाई तेश्रो लिङ्गीको अवतारमा देखाएर चर्चा पाएको फिल्ममा नम्रताको आइटम नृत्यले फेरि चर्चा पाएको छ । अर्जुन पोख्रेलको संगीत, दुर्गा खरेलको आवाज रहेको यो गीतमा कृष्णहरी बरालले शब्द लेखेका छन् ।

आफ्नो फिल्मी यात्रामा अहिलेसम्म ३ वटा फिल्म मात्र खेलेकी तर सफलता नपाएकी नम्रता अब आइटम गरेर चल्ने दाउमा लागेकी हुन् त ? उनको काम हेर्दा धेरैले यही प्रश्न सोझाइरहेका छन् ।

For More videos Log on to Mazzako TV