गेरू वस्त्र अनि रूद्राक्षको माला, यस्तो छ राम प्यारी रेखाको चाला
नायिका रेखा थापाको भिन्नै अन्दाज सहितको पोष्टर सार्वजनिक भएको छ । चलचित्र ‘राम प्यारी’को पोष्टरमा नायिका थापा बोल्ड रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रभित्रको ‘राम’ क्यारेक्टरको पोष्टर भर्खरै सार्वजनिक गरिएको हो, जहाँ पहेलो बस्त्र धारण गरेकी यि हिरो नायिकाको कपाल छोटो देखाईएको छ ।

पृष्ठभूमिमा मन्दिर र त्रिशुलधारी भगवान शिव देखाईएको यो पोष्टरमा उनी रुदाक्षको माला सहित उभिएकी छिन् । टेम्पो चालकको कथा रहेको भनिएको यो सिनेमाको यस्तो पोष्टर सार्वजनिक भएपछि चलचित्रलाई लिएर दर्शकमा निकै कौतुहलता उत्पन्न हुने निश्चित प्राय छ । पोष्टरबाट सजिलै अनुमान लगाउन सकिन्छ कि यसपाली पनि रेखाको एक्सन अवतारलाई दर्शकले भरपुर मज्जा लिनेछन् ।

मज्जाको अनलाईनलाई प्राप्त जानकारी अनुसार चलचित्रमा रेखा दोहोरो भुमिकामा छिन् । रेखा सहित यो सिनेमामा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डिसी लगायतको अभिनय रहेको छ। सविर श्रेष्ठ निर्देशित राम प्यारी आगामी चैत्र २६ गतेदेखि नेपालभर एकसाथ रिलिज हुँदैछ।








