ऋचाको फिल्म हेरेर हाई काड्दै निस्किए पत्रकार र फिल्मीकर्मी
नेपाली फिल्मकी अभिनेत्री ऋचा शर्मा रोमान्टिक फिल्म भन्दा पनि केही फरक फिल्म खेल्छिन् भनिन्छ । उनै ऋचालाई फरक गेटअपमा देखाइएको फिल्म को आफ्नोको वुधबार काठमाण्डौको जय नेपाल हलमा प्रिमियर गरिएको छ ।
फिल्मको प्रिमियरमा पत्रकार, फिल्मीकर्मीको उपस्थिती सामान्य देखियो । बैंकर, मिस नेपाल र मोडल विशेषगरि फिल्मको प्रिमियरमा बढी देखिए । फिल्मको प्रिमियर कसका लागि गर्ने हो भन्ने नै केही मेकरले वुझ्न सकेका छैनन् ।
फिल्म को आफ्नो हेर्न पुगेका अधिकांश पत्रकार, फिल्मीकर्मीको अनुहार बाहिर निस्कदा निराश थियो । प्रयोग गरिएको भनिएको यो फिल्मले २ घन्टा ११ मिनेट दर्शकलाई वाध्न सकेन । अधिकांश पत्रकार, फिल्मीकर्मी र अन्य क्षेत्रका मानिसहरु फिल्म हेर्दा हाई काड्दै बसेका थिए ।
फिल्म हेरेपछि धेरैको मुखबाट निराशाको स्वर सुनियो । स्पष्ट नखुलेको कथावस्तु, पटकथाको अभाव, मुख्य पात्र र अन्य पात्रको पट्यारलाग्दो अभिनय र लामा दृश्यका कारण को आफ्नोले मनोरञ्जन दिन नसकेको धेरैले प्रतिक्रिया दिए ।
फिल्म हेर्न अभिनेत्री रेखा थापा पनि पुगेकी थिइन् । उनले फिल्मको बारेमा कुनै प्रतिक्रिया दिइनन् । अभिनेत्रीप् ऋचा शर्माको अनुहारमा भने खुशी देखिएको थियो ।
शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मले दर्शकलाई निराश पार्ने देखिएको छ ।