शिल्पालाई संझनाले कपी हिरोइन भनेपछि बबाल
अभिनेत्री शिल्पा पोख्रेल र निर्देशक संझना रौनियारको सम्बन्ध राम्रो छैन भन्ने देखिएको छ । एक रेडियोमा कुराकानी गर्न पुगेका फिल्मका कलाकार र निर्देशकको कुराकानीका दौरान नै झगडा पर्यो ।
संझनाले शिल्पाले यस अगाडि गरेको फिल्म लज्जा र हवल्दार सुन्तलीलाई कपी भनिदिइन् । यसपछि शिल्पा पनि रिसले आगो भइन् र उनकै अगाडि आफूलाई मन पर्ने निर्देशक भनेर लज्जाका निर्देशक नवल नेपालको नाम लिइन् ।
कुरा यत्तीमा मात्र सकिएन, संझनाले शिल्पालाई आफूले फागूमा काम गराएको र यो शिल्पाको लागि फ्रेस फिल्म भएको बताइदिइन् ।
रेडियोमा खुलेरै वाझावाझ गर्न नसकेपनि यी दुई स्टूडियोबाट निस्किएपछि लामै समय बाझेको वुझिएको छ । अभिनेत्री शिल्पा पोख्रेल फिल्म फागुको प्रचारमा देखिएकी थिइनन् । हामी शरणार्थीको छायांकन विचमै छाडेर उनी फागूको प्रचारका लागि आएकी हुन् ।
निर्देशक र अभिनेत्रीमै लफडा भएपछि निर्मात्री करिश्मा मानन्धरलाई पनि तनाव त हुने नै भयो । फिल्म शुक्रबारबाट रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV