दीकपाल मञ्जिता रोमान्स, गीतमा मात्र कि रियलमा पनि ?
रियल लाइफमा पनि एकसाथ देखिन थालेका अभिनेता दीकपाल कार्की र नव-अभिनेत्री मञ्जिता केसी फिल्म च्याम्पिएनको एक गीतमा रोमान्टिक मुडमा देखिन थालेका छन् ।

कृष्ण पोख्रेलको निर्माणमा वीवी फुयाँलले निर्देशन गरेको यो फिल्मको तिमी बस्यौ बस्यौ बोलको गीतमा दुई कलाकारले माया साटेका छन् ।
फागुन १४ गतेबाट देशभर रिलिज हुने यो फिल्मको कथाले क्रिकेटलाई उठान गरेको छ । तर, पनि फिल्म भित्र क्रिकेटर बनेका दीकपालले मञ्जितालाई प्रेम गरेको देखाइएको छ ।
For More videos Log on to Mazzako TV







