लुक्स हुनेको अभिनय ओझेलमा पर्छ भन्छन् अनमोल
नेपाली फिल्मका स्टार अभिनेता अनमोल केसीको क्रेज त नेपालभर नै छ । तर, अनमोललाई आलोचना गर्नेहरुको उनको अभिनयमा दम नभएको दाबी गर्छन् । अनमोललाई पर्दामा हेर्दा उनको लुक्स देखिएपनि अभिनय नदेखिने आलोचकहरु बताउँछन् ।
तर, अनमोल आफूलाई निर्देशकले दिएको भूमिकामा धेरै गहिरो अभिनय पनि आवश्यक नपर्ने दाबी गर्छन् । अनमोलका अनुसार लुक्स हुने कलाकारको अभिनय हेरिदैन । किनकी, धेरैको ध्यान लुक्समा नै जान्छ ।
यसैले पनि आफ्नो अभिनयमा धेरैको ध्यान नजाने गरेको उनको भनाई छ । जसको लुक्स गतिलो छैन, उसको मात्रै अभिनय हेरिने भन्दै अभिनेता केसीले बलिउडका कलाकार नाना पाटेघरको उदाहरण दिए । उनले नानाको लुक्स राम्रो नभएकाले गर्दा उनको अभिनयको तारिफ भएको बताए ।
अनमोलले आफूले फिल्ममा गहन अभिनय गर्नु नपर्ने भूमिका गरेको भन्दै आलोचकको टिप्पणीको जवाफ दिएका छन् ।
For More videos Log on to Mazzako TV