मोडल पुष्प खड्का र तनुजा गुरुङ दुनिया बेग्लै छ बोलको गीतको  भिडियोमा देखिएका छन् । अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्य र अमेरिकामा बस्दै आएकी गायिका निक्की कार्कीको नयाँ गीत दुनियाँ बेग्लै छ मा यो जोडीलाई देखिएको हो । निर्देशक प्रसन्न पौडेलले अमेरिकामा बसेर यो गीत स्काइपबाट निर्देशन गरेका छन् । dance
आशिष अविरलको संगीत र आनन्द अधिकारीको शब्द रहेको यो गीतको भिडियोलाई फास्ट शैलीमा तयार पारिएको छ । जसका कारण पार्टी, क्लबहरुमा यो गीत घन्कन सक्छ । यो गीतलाई दर्शकसम्म पुर्‍याउनका लागि ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा पनि आयोजना गरिएको छ ।

गायक समिर आचार्यले आफू र निक्की मिलेर दर्शकलाई नयाँ नयाँ प्रस्तुती पस्किने बताए । उनले आफूहरुको गीत सुन्दा दर्शकलाई पनि नाँचु नाँचु लाग्ने खालको होस् भन्ने सोचले यो गीत तयार पारिएको जानकारी दिए ।

For More videos Log on to Mazzako TV