सलल गीतमा रमाए सुरज र शिखा
फिल्म जंगेको सलल बोलको गीतमा यसका मुख्य कलाकार सुरज सिंह ठकुरी र शिखा शाही रमाएका छन् । वैशाख १७ गतेबाट देशभर रिलिज हुने यो फिल्मको पहिलो रमाइलो गीत सार्वजनिक गरिएको हो ।
फिल्मम सुरज सिंह ठकुरी शिर्ष भूमिकामा छन् भने ऋचा शर्मा र शिखा शाहीले उनलाई साथ दिएका छन् ।
अल्मोदा उप्रेतीको स्वर र संगीत रहेको यो गीतलाई मनास राजले लेखेका हुन् । फिल्मको निर्देशक उत्कल थापाले गरेक हुन् । फिल्ममा सुशन प्रजापतीले क्यामेरा चलाएका छन् भने उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।