नीता-आमेषको बिहे तत्काल नहुने
अभिनेत्री नीता ढुंगानाले प्रेमी आमेष भण्डारीले राखेको बिहेको प्रस्तावलाई टुक्राइदिएकी छिन् । आमेषले नीतालाई प्रेम दिवसको अवसर पारेर बिहेको प्रस्ताव राखेका हुन् ।
करिब ४ बर्षदेखि नीतासँग प्रेममा रहेका आमेष अब भने बिहे गर्न चाहन्छन् । तर, नीता भने बिहे गरेपछि घरजम हुने र फिल्ममा समय दिन नपाइने भन्दै तत्काल बिहे गर्न चाहन्नन् । जसका कारण आज बिहान उनले नीतालाई बिहेको प्रस्ताव राखेका थिए, जसलाई नीताले २ बर्षपछि भनेर जवाफ दिएकी छिन् ।
आमेष अब नीतालाई २ बर्षसम्म कुर्न तयार छन् । नीता र आमेष अहिले फिल्म फूलै फूलको मौसम तिमीलाई मा एकसाथ देखिएका छन् । यो फिल्म रिलिज भएपछि नीतासँग बिहे गर्ने योजना आमेषको थियो ।
नीतालाई उनले रिङ उपहार दिएर बिहे प्रस्ताव राख्ने योजना बनाएपनि रिङ आइनपुगेकाले फूल दिएर प्रस्ताव राखेका थिए ।
For More videos Log on to Mazzako TV