शुक्रबार सामान्य व्यापार गरेको फिल्म प्रेमगीतले शनिबार भने आक्रामक व्यापार गर्यो । गीतसंगीतका कारण चर्चामा रहेको फिल्मलाई माउथ पब्लिसिटीले साथ दिएको छ ।

puja and pradip khadka

फिल्मको रिपोर्ट वुझ्न हलमा पुगेका अभिनेता प्रदिप खड्का र अभिनेत्री पूजा शर्मा दर्शकको विचमा घेरिए । काठमाण्डौको गोपिकृष्ण र अष्टनारायणमा फिल्मको व्यापार उच्च रह्यो । काठमाण्डौ बाहिर यो फिल्मले पोखरामा सबैभन्दा बढी कलेक्शन गरेको छ । पोखरामा फिल्मको व्यापार झन्डै ३ लाख छ ।

Pradip Khadka

सुदर्शन थापा निर्देशित यो फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन् । फिल्ममा अर्जुन पोख्रेलको संगीत छ, जसका कारण फिल्मले दर्शक हलसम्म तान्न सबल भयो ।

Pradip and puja

शनिबार बिदाको दिन हुने भएकाले पनि दर्शकको चाप हलमा दिनभरी नै देखियो । आइतबारबाट हुने व्यापारले प्रेमगीतको लगानी रिकोभरीको भविष्य बताउनेछ । फिल्मको व्यापार पोखरामा उच्च भएपछि यसका कलाकार र निर्माणपक्ष आइतबार दर्शकको साथमा बसेर फिल्म हेर्न पोखरा लागेको छ ।

For More videos Log on to Mazzako TV