सकियो मन्थन शुरुभयो ‘लप्पन छप्पन’, दिपाको निर्देशन दिपक के भन्छन् ?
यसअघि ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ जस्ता सुपरहिट सिनेमा बनाईसकेको हाँस्यकलाकारहरुको टोलीले पुन: नयाँ चलचित्रको घोषणा गरेको छ । सरस्वती पुजाको विशेष दिनमा चलचित्र निर्माणको घोषणा सँगै चलचित्रको नाम पनि सार्वजनिक गरिएको छ । यो समुहले बनाउने नयाँ चलचित्रको नाम ‘लप्पन छप्पन’ हुनेछ ।
‘यसपटक चलचित्रको निर्देशनको जिम्मा टिम भित्रैबाट निर्मात्री तथा कलाकार दिपाश्री निरौलालाई दिईएको छ’, चलचित्रका निर्माता दिपकराज गिरी भन्छन्, ‘दुई वटा चलचित्रहरुबाट हामीले धेरै कुरा सिक्यौ, अब दिपाजी यो कामको लागि पर्फेक्ट हुनुहुन्छ भन्ने लागेर नै वहाँलाई लप्पन छप्पन निर्देशनको जिम्मा दिएको हो ।’
दिपकका अनुसार लगभग तीन चार महिनाको मन्थनबाट चलचित्रको धेर्रैवटा नामहरु आएपनि अन्त्यमा टिममा सल्लाह गर्दा ‘लप्पन छप्पन’ नै राख्ने निर्णय भएको हो । यसपटक पनि चलचित्रमा हाँस्यकलाकारहरुकै मुख्य भुमिका हुनेछ । तर यसपटक सिनेमामा सिताराम कट्टेल ‘धुर्मुस’ भने हुने छैनन् । सितारामले आफ्नो कार्यब्यस्तताले सिनेमालाई समय दिने नसक्ने भएकाले सिनेमामा यसपाली उनको अभिनय हेर्न पाईनेछैन ।
चलचित्र ‘लप्पन छप्पन’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’, बुद्धि तामाङ्ग ‘हैट’, बसुन्धरा भुषाल लगायतको अभिनय रहनेछ । दिपाश्री निरौलाले निर्देशन गर्ने यो सिनेमामा सम्राट शर्मा एसोसिएट डाईरेक्टरको रुपमा रहनेछन् । चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत हुनेछ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने बताईएको छ ।
चलचित्रमा निर्मल शर्मा गैडा सहित अभिनय गर्ने सबै हाँस्य कलाकारहरुको लगानी रहनेछ । तर सिनेमाको नायिका भने अहिलेसम्म पनि फाईनल भईसकेको छैन ।
For More videos Log on to Mazzako TV