हिरोइनलाई कोरियोग्राफरको पहिरन च्यालेञ्ज
अहिले एक कोरियोग्राफर छन्, जसले अभिनेत्रीहरुलाई पहिरनमा खुबै च्यालेञ्ज गरिरहेकी छिन् । केही दिन अगाडि आयोजित एक फिल्मको प्रिमियरमा पनि उनले लगाएको पहिरनले अभिनेत्रीलाई ठूलो च्यालेञ्ज दियो ।
वुधबार आयोजना भएको फिल्म ‘प्रेमगीत’को प्रिमियरमा पनि अभिनेत्री पूजा शर्मालाई फिल्मकी कोरियोग्राफर रेनशा वान्तवा राइले पहिरनमा च्यालेञ्ज दिइन् । माथिल्लो भाग छोप्नका लागि छाला रंगको डिजाइन गरेको पहिरन लगाएकी अभिनेत्री पूजा शर्मालाई सेतो पहिरन लगाएकी राइले चुनौती दिइन् । तल धेरै खुलेको र माथि छोपिएको उनको पहिरन आकर्षक थियो ।
तर, पनि पूजा र रेनशा दुबैले लेन्समा घेरिएका थिए । अहिले प्रिमियरमा अभिनेत्रीदेखि अन्य अतिथीहरु प्हिरनमा खुबै सजग भएका छन् ।