प्रेमगीतको भव्य प्रिमियर, क्लासिक निर्माताले दिए १० मा ७
फिल्म प्रेमगीतको काठमाण्डौको जय नेपाल हलमा भव्य प्रिमियर गरिएको छ । शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको प्रिमियरमा फिल्म क्षेत्रका चर्चित कलाकारदेखि पत्रकारको बाक्लो उपस्थिती थियो । गीतसंगीतका कारण चर्चामा रहेको यो फिल्म हेर्न अभिनेत्री झरना थापा पति सुनिल कुमार थापासँग पुगेकी थिइन् ।
यस्तै अभिनेत्री निशा अधिकारी, वेनिशा हमाल, अशिष्मा नकर्मी लगायत पनि हलमा देखिए । अभिनेत्रीहरुको बाहुल्यता फिल्मको प्रिमियरमा देखियो । फिल्मकी मुख्य अभिनेत्री पुजा शर्माको पहिरन आकर्षक थियो । जाडो महिनामा पनि उनले खुलेको पहिरन लगाएर सबैको ध्यान तानिन् । अभिनेता प्रमोद खड्का केही लजालु देखिए ।
फिल्म हेर्न पुगेका क्लासिक फिल्मका निर्माता सुवास गिरीले यसलाई १० मा ७ अंक दिए । केही संचारकर्मीसँग कुरा गर्दै सुवासले आफूले फिल्मलाई ७ अंक दिएको बताए ।
प्रिमियरमा फिल्मका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन अतिथीबाट पाएको प्रतिक्रियाले खुशी देखिए ।
अभिनेता सरोज खनाल, कलाकार रुपा राना लगायत पनि फिल्म हलमा पुगेका थिए । फिल्मको गीतसंगीतले प्रदर्शन अगावै चर्चा पाएको थियो जसलाई फिल्म हेरेपछि अतिथीले रुचाएपनि । फिल्मको छायांकन, प्रस्तुती, गीतसंगीतलाई फिल्म हेर्नेले रुचाएका छन् ।
For More videos Log on to Mazzako TV