अहिलेसम्मकै भब्य प्रिमियर गरिदै ‘प्रेम गीत’ , कान्तिपुर टिभीबाट हुनेछ प्रत्यक्ष प्रसारण
शुक्रबारबाट सार्वजनिक प्रर्दशनमा आउन लागेको चलचित्र ‘प्रेम गीत’ले प्रर्दशनको संघारमा बुधबार भब्य प्रिमियर गर्दैछ । निर्माण युनिटले सिनेमाको प्रिमियरलाई अविश्मरणीय बनाउन लागिपरेको छ ।
नेपाली सिनेमा क्षेत्रका नयाँ पुराना कलाकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु र सिनेमाको कालकार तथा प्राविधिकहरुको सहभागिता हुने विशेष प्रिमियर शो को प्रत्यक्ष प्रसारण पनि गरिनेछ । कान्तिपुर टेलिभिजनमा साँझ ५.३० बजेदेखि भब्य प्रिमियर शो को प्रत्यक्ष प्रसारण गर्न लागिएको हो । चलचित्रको ब्रान्डिङ्गमा कुनै कसर बाँकी नछोडेको यो सिनेमा युनिटले प्रिमियर पनि अहिलेसम्मकै उत्कृष्ट हुने जानकारी गराएको छ ।
यसै बीच चलचित्र ‘प्रेम गीत’लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । चलचित्रलाई सबै उमेर समुहका मानिसहरुले हेर्न पाउनेछन् । सन्तोस सेनले निर्माण गरेको चलचित्र प्रेम गीतलाई सुर्दशन थापाले निर्देशन गरेका हुन् । पुजा शर्मा र प्रदिप खड्काको मुख्य भुमिका रहेको यो सिनेमालाई भ्यालेन्टाईन माहोलको ‘मस्ट अवेटेड’ सिनेमाको रुपमा लिईएको छ ।