विश्वमै परिचित नेपालका सम्पदा र संस्कृतिलाई फिल्मको माध्यमबाट चिनाएको फिल्म ‘नमस्ते नेपाल’को ट्रेलर र गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयेजना गर्दै प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा तयार भएको फिल्मको पहिलो झलक देखाइयो ।

Namaste Nepal

फिल्ममा लेखन तथा निर्देशन राजु शाहको छ । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, बसन्त सापकोटा, ओम सुनार, रियाज सिवाकोटीको संगीत, चन्द्र पन्तको द्धन्द्ध, राजु शाह र गोपाल ढकालको पटकथा तथा संवाद छ । फिल्म साउनमा नेपालमा लाग्नेछ । फिल्मको प्रदर्शन यूरोपको वेल्जियमबाट गरिनेछ निर्माता उदयले बताएका छन् ।

SabinShrestha

फिल्मको ट्रेलरमा अभिनेता सविन श्रेष्ठको द्धन्द्ध, रोमान्स मात्र देखिएको छैन, उनले आफ्नो शरीर पनि खुलेरै प्रदर्शन गरेका छन् । अभिनेत्री अन्नाले पनि कामुक अवतारमा आफूलाई देखाएकी छिन् ।

Namaste Nepal 1

फिल्मका निर्देशक राजु शाहका अनुसारमा यसमा मनोरञ्जनलाई मुख्य रुपमा महत्व दिइएको छ । यसका साथै नेपालको सगरमाथा, गौतम वुद्धको जन्मस्थल लुम्बिनीको बिषयलाई पनि उठान गरिएको छ । फिल्ममा सविन श्रेष्ठ, अन्ना कलान्डेज, अनुजा प्रधान, श्याम श्रेष्ठ, म्यूजिका श्रेष्ठ, नरेन्द्र थापा, पार्वती अधिकारी, सनम कुमार वैराग, कमला दाहाल, गोपाल ढकालको अभिनय छ ।

For More videos Log on to Mazzako TV