बिना कारण किन हाँसिरहने मेनुका जी ?
फिल्म पुरानो डुङ्गाको कार्यक्रम भैरहेको थियो । अभिनेत्री प्रियंका कार्की पहिले नै मञ्चको अगाडि थिइन् । कार्यक्रम संचालकले अर्की अभिनेत्री मेनुका प्रधानको पनि नाम बोलाए । मेनुका अतिथी बसेको भन्दा पछाडि उभिइन् ।
फोटोसेसन सकिएपछि मेनुका हाास्दै प्रियंकाको नजिक आइन् र उनलाई अंकमाल गर्दै हाँसिन् । मेनुकाको हाँसो रोकिएन । कार्यक्रम अवधिभर उनी एकहोरो मुख छोपेर हाँसिनै रहिन् । कार्यक्रममा अन्य अतिथी पनि थिए ।
पत्रकार तथा उपस्थित पाहुना । तर, मेनुकाले आफू फिल्मको एउटा कलाकार पनि हुा भन्ने विर्सिइन् । उनीसँग अर्की अभिनेत्री कार्कीको पनि हाँसो रोकिएन । आफ्नो भनाई राख्न आउने बेलामा पनि प्रियंका सुरुमै हाँसिन् । तर उनले बहाना अर्कै बनाएकी थिइन् ।
कलाकारहरु नै कार्यक्रममा यसरी विना कारण एकहोरो हाँसिरहँदा त्यसले सही अर्थ दिदैन । पत्रकार सम्मेलनमा उपस्थित हुने अभिनेत्रीले आफूले कस्तो व्यवहार देखाउने भन्ने पनि सोच्न जरुरी छ ।
For More videos Log on to Mazzako TV