किन पर्दामा लगातार दयाहाङ र प्रियंकाको जोडी ?
कुनै पनि कलाकारलाई बारम्बार पर्दामा किन लिइन्छ । यसको मुख्य कारण हुन्छ, दर्शकले मन पराएर । तर, अभिनेता दयाहाङ राई र अभिनेत्री पि्रयंका कार्कीको जोडीलाई दर्शकले उम्दा रुचाएका छैनन् । तर, पनि यो जोडी पर्दामा एकपछि अर्को रुपमा देखिएको छ ।
अब त यस्तो अवस्था आइसक्यो, दया भएको फिल्ममा कार्की, कार्की भएको फिल्ममा दया । ‘झोले’ फिल्मबाट सुरु भएको यो यात्रा ‘पुरानो डुङ्गा’ सम्म आइपुगेको छ । फिल्म ‘कबड्डी कबड्डी’मा अभिनेत्री कार्कीले छोटो भूमिका खेलेकी थिइन् । बजारिया चर्चा मान्ने हो भने, उनलाई ‘पुरानो डुङ्गा’मा लिने सहमती सोही समयमा नै भैसकेको थियो ।
रामबाबु गुरुङले निर्देशन गर्न लागेको यो फिल्मको आज घोषणा गरियो । फिल्ममा माओत्से गुरुङको साथमा दया र प्रियंका कार्की देखिनेछन् । मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङ पनि फिल्ममा छन् ।
फिल्मले दुई दाजुभाइको कथालाई उठान गरेको छ । फिल्मको घोषणा कार्यक्रममा दयाहाङ बिरामी भएका कारण देखिएनन् । अभिनेत्री कार्की भने अर्की अभिनेत्री मेनुका प्रधानसाग हाँस्नमै व्यस्त देखिइन् ।
आफूले धानेका फिल्म असफल भएपछि अभिनेत्री कार्की अहिले दयाहाङको साथमा हिट हुने बाटोमा लागेकी छिन् ।
For More videos Log on to Mazzako TV