चीतवनमा बिहानैको दुर्घटनामा एकको मृत्यु, आठ घाइते
रत्ननगर । पूर्व चितवनको खैरहनीमा आज बिहान ३ बजे सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख १७५७ नंको ट्रक अनियन्त्रित भएर पल्टिएको स्थानमा काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना५ख ६३१९ नंको बनेपा डिलक्स बस एक्कासि ठोक्किन पुग्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी लडेको ट्रकको सामान मिलाउँदै गरेका सुनिल बस्ताकोटीको ज्यान गएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक जीतेन्द्र चौधरीले जानकारी दिए ।
बसले हान्दा ट्रकका सहचालक शिवराम खत्रीसहित बसका यात्रु आठजना घाइते भएका छन् । उनीहरुको अहिले चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राति करिब १२ बजेको समयमा ट्रक पल्टिएको थियो । ट्रकको सुरक्षाका लागि प्रहरी भ्यानसहित बसेकाबेला बसले प्रहरी भ्यानलाई ठक्कर दिएर पल्टिएको ट्रकलाई समेत ठक्कर दिन पुगेको खैरहनीका प्रहरी सहायक निरीक्षक चौधरीले जानकारी दिए ।
For More videos Log on to Mazzako TV