‘न्यु इयर’ नबन्दा फिल्ममा हैन, म्युजिक भिडियोमा मात्रै बेनिशा
काठमाण्डौको पाँच तारे होटल एभरेष्टमा भव्य कार्यक्रम गरेर मुहुर्त गरिएको फिल्म न्यू इयर अब बन्दैन भन्नेमा यसका निर्देशक, अभिनेत्री पनि देखिएका छन् । फिल्म बन्ने नबन्ने बिषयमा न निर्देशक प्रविण श्रेष्ठलाई नै केही थाहा छ न यसकी मुख्य अभिनेत्री वेनिशा हमाललाई नै केही थाहा छ ।

फिल्म नबन्दा अभिनेत्री वेनिशा हमालको करिअर पूर्ण रुपमा ओझेलमा परेको छ । म्यूजिक भिडियो खेलेर मात्र करिअरलाई अगाडि बढाउन नसकिने भएकाले पनि वेनिशाका लागि न्यू इयर नबन्नु ठूलो झट्का हो ।
गृहेन्द्र घिमिरेले निर्माण गर्ने भनिएको यो फिल्मको छायांकन अष्ट्रेलियामा गर्ने चर्चा थियो । तर, फिल्म नै नबनेपछि अष्ट्रेलियाको चर्चा पनि सेलाएको छ । फिल्मका अभिनेता अनुपविक्रम शाही त अन्य फिल्ममा व्यस्त छन् । तर, अभिनेत्री वेनिशा हमाल भने भिडियोमै सिमित बनेकी छिन् ।
अभिनेत्री केकी अधिकारी, रीमा विश्वकर्मासँगै एकसाथ फिल्म क्षेत्रमा प्रवेशी गरेकी वेनिशाका लागि नयाँ बर्ष नाम गरेको फिल्म फापेन ।
For More videos Log on to Mazzako TV







