रहेनन् नृत्य निर्देशक बसन्तजंग रायमाझी
८१ बर्षको उमेरमा चर्चित नृत्य निर्देशक बसन्त जंग रायमाझीको आज बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका रायमाझीको आज बिहान करिब ७ बजेतिर निधन भएको हो ।
उनको पार्थिभ शरीरलाई प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । प्रज्ञामा उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि करिश्मा मानन्धर, आर्यन सिग्देल, रमेश उप्रेती, दीपाश्री निरौला लगायतका कलाकार पुगेका थिए ।
उनको २ छोरा, १ छोरी र श्रीमती छन् । बलिउड फिल्ममा नृत्य गर्दै गरेका रायमाझी नेपाली फिल्म र नेपालको मायाले स्वदेश फर्किएका थिए । यसपछि उनले, करिब डेढ सय नेपाली फिल्ममा नृत्य निर्देशनको रुपमा काम गरे ।
उनले ‘यूगदेखि यूगसम्म, मायाप्रिती, बासुदेव, पहिलो माया, कस्तुरी’ लगायतका फिल्ममा काम गरेका थिए । उनै रायमाझीले बलिउडका चर्चित अभिनेता र अभिनेत्रीसँग पनि काम गरे । उनले अभिनेता अमिताभ बच्चनसँग पनि फिल्ममा काम गरेका थिए ।
For More videos Log on to Mazzako TV