अभिनेता भूवन केसीले आफ्नो नयाा फिल्म ड्रिम्सको प्रचारमा एक यूवतीलाई पत्याएनन् । सन्ध्या केसी नाम गरेकी भीजेलाई भूवनले फिल्म त खेलाए, तर प्रमोशनमा खासै स्थान दिएका छैनन् । भूवनको फिल्मको ट्रेलरमा सन्ध्या नदेखिएपछि उनलाई भूवनले महत्व नदिएको वा नपत्याएको भन्ने चर्चा चलेको छ । sandhya-kc

अब, यी यूवती चर्चित निर्माता सुनिल रावलको फिल्ममा देखिने भएकी छिन् । हिट फिल्म सायदको सिक्वेल सायद २ मा सन्ध्या केसी मुख्य भूमिकामा देखिने  पक्का भएको छ ।

बैशाखबाट छायांकन सुरु हुने यो फिल्ममा अन्य ३ जना कलाकार पनि चुनिएका छन् । जसमा आशिरमान देसराज, अमृत ढुंगाना, सुशिल श्रेष्ठ मुख्य भूमिकामा देखिन लागेका हुन् ।

सुशिलले यसअगाडि सुनिलकै ब्यानरबाट डेब्यू गरेका हुन् भने अमृत र आशिरमान नयाँ हुन् । यो फिल्मलाई पुष्पराज न्यौपानले निर्देशन गर्दैछन् ।

For More videos Log on to Mazzako TV