सहयोग गर्दै, गीत सुनाउँदै मिलन अमात्य र प्रताप लामा
अहिलेकी चर्चित अनि ब्यस्त गायिका मिलन अमात्य र नेपाली तारा प्रताप लामाले भुकम्प पिडितहरुको सहयोगको लागि आफ्नो प्रस्तुती दिएका छन् । ‘मानवताका पाइला’ नामक अभियान अन्तरर्गत मिलन र प्रतापले आईतबार साँझ दरबारमार्ग स्थित नर्लिंग गज़ल आफ्ना चर्चित गीतहरु सुनाए ।
विशुद्घ रुपमा भुकम्प पिडितहरुको सहयोगको लागि ‘फन्ड रेज’ गर्न गरिएको सांगीतिक साँझमा विभिन्न क्षेत्रका प्रतिनिधिहरु, संगीत क्षेत्रका हस्तीहरु, र सर्वसाधारणको बाक्लो उपस्थ्तिी रहेको थियो ।
गत बैसाख १२ गतेको विनासकारी भूकम्पबाट अहिलेसम्म कष्टकर जिबन बिताउन बाध्य छाप गाउँ, नुवाकोटका सर्बसाधारणहरुको सहजताका लागि मानवताका पाइला नामक अभियानले सो कार्यक्रम गरेको हो ।
सडकको विकटताका कारण अफ्ट्यारो संग संघर्ष गरिरहेका छाप गाउँबासीको जिबनयापन केहि मात्रामा भएपनि सरल बनाउनका लागि सांगीतिक कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक नबिन कोइरालाले मज्जाको अनलाईतलाई जानकारी गराए ।
For More videos Log on to Mazzako TV