युटुबमा ट्रेलर हिट, तर हलमा चलेन पशुपति प्रसाद
शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म पशुपति प्रसादको ट्रेलर खुबै हिट भयो । फिल्मका निर्माताले पनि ट्रेलर हिट भएपछि प्रचारका लागि धेरै उपाय अपनाएनन् । फिल्मको ट्रेलर २ लाख भन्दा माथिले हेरेका छन् भने एक हजार भन्दा बढीले लाइक गरेका छन् ।
तर, फिल्मले व्यापारमा भने मन्द सुरुवात गर्यो । फिल्मले २ दिनमा ४२ लाखको व्यापार गरेको छ । यो ६० वटा हलमा लागेको र समिक्षा गर्नेहरुले राम्रो भनेको फिल्मका लागि कमजोर सुरुवात हो । शनिबारको दिन फिल्मले देशभरका हलबाट जम्मा २५ लाखको व्यापार गरेको छ ।
सामान्यतया, शनिबार सामान्य चर्चा भएका फिल्मले पनि राम्रो व्यापार गर्छन् । तर, यो फिल्मको हकमा त्यस्तो देखिएको छैन । पहिलो दिन फिल्मको व्यापार १७ लाख रहेको वितरण कम्पनी पपकर्नको भनाई छ ।
फिल्मको लगानी उठाउनका लागि करिब डेढ करोड माथिको व्यापार आवश्यक छ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको प्रतिक्षित फिल्मको व्यापारले सुस्ताएको फिल्म क्षेत्रको माहोललाई गर्माउन सकेन । अब, आइतबारबाट माउथ पब्लिसिटीका कारण चमत्कार भएको खण्डमा निर्मातालाई राहत हुनसक्छ ।
For More videos Log on to Mazzako TV