फिल्म ‘ढुवानी’मा काम गर्दा मोडल तथा अभिनेत्री सगुन शाहीको चर्चा भएकै हो । तर, यो फिल्म खेलेपछि उनको हातमा खासै फिल्म हात लागेन । यसपछि, सगुन म्यूजिक भिडियो, लोकगीतकै भिडियो खेल्नमा व्यस्त थिइन् ।
sagun-sahi
उनै सगुन केही समय गुपचुप हराएकी थिइन् । उनी कहाँ गइन् भनेर मिडियाले खोजी गरेन । तर, यी अभिनेत्री दुबई पुगेकी थिइन् । दुबइमा यी मोडल करिब आधा बर्ष हराइन् । तर, नेपालमा सगुनको खोजी नै भएन ।

सगुन अहिले दुबई पुगेर फर्किसकेकी छिन् । उनका फेसबुकमा फेरि भिडियोमा काम गर्न थालेका तस्बिर पोष्ट भएका छन् । सगुन दुबइमा रहँदा उनले आफ्नो फेसबुकमा तस्बिर नै पोष्ट गरिनन् । गरेपनि क्लोज तस्बिर बढी सार्वजनिक भएका थिए ।

नेपाली म्यूजिक भिडियोमा काम गरेर खासै सफलता नपाएका केही मोडल दुबइतिर नै हराएका छन् । सगुन भने दुबइमा केही समय पुगेर फर्किएकी छिन् ।

For More videos Log on to Mazzako TV