मोडलसँग नाम जोडिएपछि सौगातलाई तनाव, के हो खास कुरा ?
हेर्दा सोझा स्वभावका सौगात मल्ल अहिले एक यूवतीसँग नाम जोडिएपछि तनावमा छन् । सौगातको स्वभावले उनको कुनै मोडलसँग नाम जोडिदा त्यसले चर्चा बढी पाएको छ ।
केही म्यूजिक भिडियोमा काम गरेकी सोनी केसी नाम गरेकी मोडल र सौगात प्रेमी-प्रेमिका रहेको चर्चाले अहिले नेपाली संचारमाध्यम तातिरहेको छ । यसैले पनि सौगात केही तनावमा छन् ।
पेप्सिकोलामा अपार्टमेन्ट लिएर बस्दै आएकी मोडल सोनी केसी आफू सौगातको फ्यान भएको बताउँछिन् । यसैले सौगातसँग खिचेको तस्बिर फ्यान भएको नाताले आफूले प्रोफाइलमा राखेको उनको भनाई छ । सौगात पनि सोनी आफ्नो फ्यान भएको स्पष्टिकरण दिइरहेका छन् ।
तर, सोनीले सौगातको फिल्म फन्कोको प्रचार गरिदिएकाले पनि उनीहरु विच खिचडी पाक्दै थियो भन्ने अड्कल धेरैले काटेका छन् ।
For More videos Log on to Mazzako TV