अहिले त नेपाली दर्शक र फिल्मकर्मीलाई साउथ इन्डियन निर्देशक भन्ने वित्तिकै बागमतीको याद आउँछ । साउथ इन्डियन निर्देशक भनेर प्रचार गरिएको फिल्म बागमतीले निराश बनाएपछि दर्शक भड्किएका छन् । अब, अरविन्द एम नाम गरेका साउथ निर्देशक नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्न खोजिरहेका छन् ।27-hours
चैत्र १९ गतेबाट उनले निर्देशन गरेको फिल्म ट्वेन्टी सेभेन आवर्स रिलिज हुँदैछ ।
फिल्मको छायांकन नेपालको पाल्पा, बुटवल र भारतको मुम्बइमा गरिएको हो । २७ घन्टामा एक व्यक्तिको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई फिल्ममा देखाइएको निर्देशकको दाबी छ ।

फिल्ममा रिजन कोइरालाको संगीत, बंशी अट्लुरीको सम्पादन, सचिन सतमको भिएफएक्स, सिध्धु पुजारीको कोरियोग्राफी, मुर्गान र पबनको छायांकन छ । फिल्मका कलाकार समेत रहेका दीपक लम्सालले यसलाई बनाएका हुन् ।

For More videos Log on to Mazzako TV