“शुर्के थैली खै……..?”, हैट, युटुबमा त रेकर्ड नै राख्यो है (मज्जाको भिडियोहरु सहित)

भिडियो अपलोडिङ्ग साईट युट्युबमा सबैभन्दा बढी पटक हेरिएको नेपाली गीतको रुपमा आफुलाई उभ्याउन सफल भएको छ चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ । यो समाचार तयार पारुन्जेल सम्म युट्युबमा ४१ लाख ७५ हजार पटक भन्दा बढी हेरिएको यो गीतलाई लिएर चलचित्रको निर्माण युनिट निकै दंग देखिएको छ ।

नेपाली गीत संगीतको यो खुशीको माहोललाई सेलिब्रेट गर्न चाडै एक कार्यक्रमको आयोजन गर्न लागिएको चलचित्र निर्माण युनिटले जानकारी गराएको छ ।

विशुद्घ नेपालीपन बोकेको यो गीतको भिडियो पनि निकै टिपिकल शैलीमै तयार पारिएको छ । चलचित्रको गीत बनाईरहदाँ चलचित्रका निर्माता मध्येका एक दिपकराज गिरीले यो गीत हिट हुन्छ भन्ने सोेचेका पनि थिएनन् । उनले चलचित्रका अन्य गीतलाई नै शुरुमा सिनेमाको प्रचारमा प्रयोग गरेका थिए तर जब ‘शुर्के थैली’ रिलिज भयो यसले सबलाई पछि पार्यो ।

चलचित्र निर्माताले मात्रै होईन गीत सृजना गर्ने राजनराजले पनि गीतले यो लेभलको सफलता हात पार्छ भन्ने सोचेका थिएनन् । राजनराज सिवाकोटीले तयार पारेको यो गीतमा राजन सहित अन्जु पन्तले पनि आवाज भरेकी छिन् ।

बच्चादेखि बढाबुढी सबैको मुखमा झुन्डिएको यो गीतको सफलताले संगीतकार शिवाकोटी पनि निकै खुशी देखिएका छन् । ‘मेरो छोरीले तपाईकै गीतमा प्राक्टिस गर्दैछे भनेर सुनाउनेहरु धेरै भेटेको छु’, शिवाकोटी भन्छन्, ‘सिर्जनाको तागत कति हुन्छ थाहा पाउन पनि समय कुर्नुपर्ने रहेछ,अहिले विहे, भोज, पार्टी, पिकनिक, कार्यक्रमहरु सबैतिर आफ्नो गीत बजेको सुन्दा सारै आनन्द लाग्छ ।’

चार वर्षअघि नै रेकर्ड गरिएको यो गीत सुनेपछि दीपाश्री निरौलाले चलचित्रका लागि राजनसँग मागेकी थिईन् । शुरुममा त यो गीतमा दिपाश्री निरौला र सिताराम कट्टेल ‘धुर्मुस’लाई मोडलिङ गराउने भनिएको थियो तर पछि गीत सिनेमामा नै राखेर दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, प्रियंका कार्की, दयाहाङ्ग राई लगायत कलाकारहरुलाई पनि फिचरिङ्ग गरियो । शंकर विसीले कोरियोग्राफी गरेको यो गीतमा नृत्यका स्टेपहरु हेर्दा पनि निकै मज्जा लाग्छ ।

चलचित्र ‘वडा नम्बर ६’ को पब्लिसिटीको बेलाका अन्य मज्जाको भिडियोहरु
For More videos Log on to Mazzako TV








