‘चपली हाईट’चलचित्रबाट चर्चामा आएका नायक राज घिमिरेलाई अपहरण र कुटपिटको आरोप लगाएर थुनामा पार्ने कुमार सिलवाल आफै प्रहरीको फन्दामा परेका छन् ।

11430295_862787517126167_1837623536_n (1)

ललितपुर गोदावारीका सिलवाललाइ फर्जि चेक दिएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । लेनदेनको विषयलाई लिएर सिलवालले अपहरण गरेको झुटो आरोप लगाइ पुस २ गते प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिने वित्तिकै प्रहरी समक्ष घिमिरे आफै उपस्थित भएका थिए ।

तर त्यसको ९ दिनमैै नायक घिमिरेले आफु निर्दोष रहेको सावित गरे भने उनलाई आरोप लगाउने सिलवाल आफै खोरमा परे ।

सिलवालले घिमिरेले घरबाटै आफुलाई अपहरण गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएका थिए । नायक घिमिरेले सुरुमा नजिकैको होटल छहारी र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको सिलवालले झुटो उजुरी दिएका थिए ।

‘श्रीमतीको किडनी फेल भयो र घरजग्गा लीलामीबाट बचाउन सहयोग पाउ भन्दै मसँग उसले साढे तीन लाख रुपियाँ लिएको थियो, मलाई उसले कृषि विकास बैंकको बाउन्स चेक दियो’ घिमिरेले भने, ‘मलाइ ढाँट्दै र बाउन्स चेक दिएर हैरान पारेपछि एउटा कफीसपमा बोलाएर सम्झाएको मात्र हुँ तर उसले अपहरण गरेको भन्ने जाहेरी दिएर मलाई उल्टै ९ दिन थुनायो ।’

सिलवालले बारम्बार बाउन्स चेक दिएको र उल्टो आफुलाई कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएको घिमिरेको भनाई छ । सिलवालले पैसा नभएको खाली चेक दिएकाले पुन: सिलवाल विरुद्ध नायक घिमिरेले मुद्दा हाले र जिते । अदालतले कुमार सिलवाललाई दोषी ठहर गरि जेल चलान गरेको छ ।

नायक घिमिरे यसअघि पनि ‘चपली हाइट’की नायीका बिनिता बराल काण्डले पनि चर्चामा आएका थिए ।

1340295161133610_large

File photo

‘चपली हाईट’की नायीका बराल र मोडल दिक्पाल कार्कीले फेसबुक एकाउण्ट मार्फत आफ्नो बेईज्जती गरेको नायक घिमिरेले दावी सहितको उजुरी हालेका थिए त्यसपछि दिक्पाल कार्कीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

For More videos Log on to Mazzako TV